निषेधाज्ञापछि बढ्यो चल्लाको मूल्य काठमाडौं।कोरोना महामारीले थलिएपछि ह्याचरीको मूल्य बढ्न थालेको छ।लकडाउन र निषेधाज्ञाले समस्यामा परेको पोल्ट्री क्षेत्रमा चल्लाको मूल्य बढेको हो। निषेधाज्ञाअघि प्रतिगोटा चल्लाको मूल्य ५६ रुपैयाँ थियो।जुन अहिले बढेर ७० रुपैयाँ प्रतिगोटा पुगेको छ।नेपाल ह्याचरी संघका निर्वतमान अध्यक्ष टीकाराम पोखरेलले निषेधाज्ञापछि चल्लाको मूल्य बढेको जानकारी दिए। उनले महामारीका कारण निषेधाज्ञामा चल्ला उत्पादन नभएको र अहिले माग बढेकाले मूल्य बढ्नु स्वभाविक भएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्