३१ सय अंकको नयाँ उचाइतर्फ सेयर बजार काठमाडौं। आज सेयर बजार २९ अंकले उकालो लागेको छ। आज २९ अंकको उत्साहजनक वृद्धिसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१ सय अंकको बिन्दुतर्फ लम्किएको छ। कारोबारको सुरुवाती समयदेखि नै उकालो लागेको नेप्से तीन हजार ७९ अंकमा पुगेर रोकिएको हो। तीन करोड ३२ लाख ५५ हजार कित्ता सेयर किनबेच हुँदा १५ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्