१४ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि काठमाडौं। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २९ अंकले बढ्दा १४ वटा कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ। परिसूचक र कारोबार रकममा उत्साहजनक वृद्धि आएको दिन सेयर मूल्यमा पनि उच्च वृद्धि आएको हो। जसमध्ये ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले र बाँकी आठ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको नेप्सेले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्