धान उत्पादनमा आत्मनिर्भर बर्दिया
काठमाडौ।बर्दिया जिल्ला धान खेतीमा समेत आत्मनिर्भर भएको छ।जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये ५० हजार २५० हेक्टर क्षेत्रफलमा वर्षे र हिउँदे गरी बाह्रै महिना धानखेती हुन्छ।वर्षे धानको ४.५ मेट्रिक टन प्रतिहेक्टर तथा हिउँदे धानको ५.५ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व छ।बर्दियामा गत वर्ष वर्षे धान २ लाख २६ हजार ६२८ मेट्रिक टन र चैते धान ५ हजार ४८९ मेट्रिक टन उत्पादन भएको थियो।
प्रतिक्रिया दिनुहोस्