भारतमा दुई हजार करोड भारु लगानी गर्दै हुण्डाई एजेन्सी। दक्षिण कोरियाली कार निर्माता कम्पनी हुण्डाईले भारतको गुरुग्राममा नयाँ कर्पोरेट कार्यालय स्थापना गरेको छ।हुण्डाई भारतको दोस्रो सबैभन्दा बढी कार निर्माता कम्पनी हो।भारतका लागि कोरियाली राजदूत चांग जा बुकले उक्त कार्यालय उद्घाटन गरेका हुन्। यस्तै, उद्घाटन समारोहमा भारतको सबैभन्दा बढी कार निर्माता कम्पनी मारुती सुजुकीका म्यानेजिङ डाइरेक्टर पनि उपस्थि थिए।हुण्डाईले भारतमा दुई हजार करोड भारु लगानी गर्ने योजना बनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्