उद्योग मन्त्रालयले गर्यो तीन स्टार्टअपलाई सम्मान
काठमाडौं।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन वटा स्टार्टअप कम्पनीलाई सम्मान गरेको छ।उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले इनोभेटिभ इन्डस्ट्री अवार्ड–२०७७ बाट स्टार्टअपलाई सम्मान गरेका हुन्।सम्मानित हुने उद्योगहरुमा लिफ प्लस प्रा.लि,नेपाल्ज ह्यान्डीक्राफ्ट ईण्डष्ट्रिज र अनुग्रह ह्यान्डीक्राफ्ट रहेका छन्।लिफ प्लसले खेर गइरहेका सुपारीका पातलाई नयाँ डिजाइन बनाउने,नेपाल्ज ह्यान्डीक्राफ्टले पोलिष्टरलाई मुर्तिमा धातुको जलप लगाउने र अनुग्रह ह्यान्डीक्राफ्टले ढाकाका नयाँ डिजाइनका सामाग्री उत्पादन गर्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस्