यी हुन् काठमाडौं महानरगलाई कर नतिर्ने २० करदाता
काठमाडौं। कर नतिर्ने २० ठूला करदाताको घरमै गएर काठमाडौं महानरगले माइकिङ गरेको छ। महानगरले झण्डै ७० करोड रुपैयाँ कर नतिर्ने करदाताको घरमै गएर माइकिङ गरेको हो। कर नतिर्नेमा हस्पिटल,व्यापारिक मल, कलेज,कम्प्लेक्स,रेडक्रस लगायत छन्। कृषि सामाग्री संस्थानले पनि महानरगलाई कर तिर्न बाँकी छ। त्यस्तै काठमाडौं प्लाजा, स्टार मल, आदर कम्प्लेक्स, कान्तिपुर डेन्टल, चिरायु हस्पिटल र देवेन्द्रलाल श्रेष्ठले समेत कर तिरेका छैनन्।
प्रतिक्रिया दिनुहोस्