एनएलजी इन्स्यारेन्सले दियो १० प्रतिशत बोनस काठमाडौं। एनएलजी इन्स्यारेन्सको सेयर मूल्य समायोजन भएको छ। एनएलजी इन्स्यारेन्सले दिन लागेको १० प्रतिशत बोनस सेयर पछि सेयर मूल्य समायोजन भएको हो। बुधबार बन्द भएको कारोबारलाई आधार मान्दै नेपाल स्टक एक्सचेन्जले १ हजार १ सय ९८ रुपैयाँ १० पैसा मूल्य तोकिदिएको छ। अघिल्लो कारोबार बन्द हुँदासम्म यस कम्पनीको सेयर मूल्य १ हजार ३ सय १८ रुपैयाँ रहेको थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्