‘हंगामा २’का प्रोड्युसरले दिए शिल्पा शेट्टीलाई साथ
एजेन्सी। ‘पोर्न फिल्म’ कारोबारमा पति राज कुन्द्रा पक्राउ परेपछि विवादमा तानिएकी बलिउडा नायिका शिल्पा शेट्टीको बचाउ फिल्म ‘हंगामा २’ का प्रोड्युसर रतन जैनले गरेका छन्। यसअघि ‘धड्कन’ र ‘हतियार’ फिल्ममा शिल्पासँगै काम गरेका रतनले शिल्पा पोर्न फिल्म कारोबारमा संलग्न हुन नसक्ने तर्क गरेका छन्। उनले भने, 'मैले जहाँसम्म शिल्पालाई चिनेको छु, उनी यस्तो कार्य गर्न सक्दिनन्।'
प्रतिक्रिया दिनुहोस्