सरकारले श्वेतपत्रमा विगतको नेतृत्वलाई गाली नगर्ने काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले सरकारले ल्याउन लागेको श्वेतपत्रमा विगतको नेतृत्वलाई गाली नगर्ने बताएका छन्।नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको छलफलमा उनले भने,“श्वेतपत्रले कसैको अवमूल्यन गर्दैन। अर्थतन्त्रको यथार्थ चित्रण गरेर श्वेतपत्र आउँछ।” आफ्नो कुरा प्रस्तुत गर्दा कसैलाई गलत नदेखाउने आफ्नो मान्यता रहेको उनको भनाई थियो।“श्वेतपत्र कसैलाई गल्ती देखाउन र आफूलाई हिरो देखाउन ल्याइने होइन। यही हो भने फिल्म खेल्न गए भइहाल्छ”,मन्त्री शर्माले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्