तीन महिनामा १७५ प्रतिशतले बढ्यो टीभीएस मोटर्सको आम्दानी एजेन्सी।टीभीएस मोटर्सको आम्दानी तीन महिनामा १७५ प्रतिशतले बढेको छ।अप्रिल महिनादेखि जुन महिनासम्ममा कम्पनीले उक्त आम्दानी गरेको हो।यस अवधिमा कम्पनीको आम्दानी एक हजार ४३१ करोडबाट बढेर तीन हजार ९३४ भारु पुगेको हो।कोरोना महामारीबाट प्रभावित उद्योगले विस्तारै गति लिन थालेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।कम्पनीले अप्रिलदेखि जुनसम्ममा ६ लाख ५८ हजार सवारी बेचेको छ।जसमा दुई पांग्रे र तीन पांग्रे सवारी पनि सामेल छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्