नेप्सेका सीईओ साउदले तीन दिनभित्र अर्थलाई स्पष्टिकरण दिनुपर्ने काठमाडौं। नेपाल स्टक एक्चेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले तीन दिनभित्र अर्थमन्त्रालयलाई स्पस्टिकरण दिनुपर्ने भएको छ। साउदले गैरकानूनीरुपमा सर्वोत्तम सिमेन्टको सेयर किनेको समाचार प्रकाशन भएपछि अर्थले स्पष्टिकरण सोधेको हो। कम्पनी रजिष्टारको कार्यालयका अनुसार साउदले श्रीमती शुसिलाकुमारी बोहराको नाममा १० हजार कित्ता सेयर किनेका छन्। सर्वोत्तम सिमेन्टले रजिस्टारलाई दिएको जानकारी अनुसार साउदले २०७७ साल पुस२०अघि उक्त सेयर किनेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्