पर्यटनका लागि ताप्लेजुङ भर्जिन ल्याण्ड – भट्टराई
काठमाडौं। पूर्व पर्यटन मन्त्री योगेश भट्टराईले ताप्लेजुङ पर्यटनका लागि भर्जिन ल्याण्ड भएको बताएका छन्। उनले ताप्लेजुङका १०१ पर्यटकीय गन्तव्यको फोटो पुस्तक सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन्। कार्यक्रममा उनले भने, “ताप्लेजुङ पर्यटनका लागि भर्जिन ल्याण्ड हो। यस्तो फोटो पुस्तकले पर्यटनको विकासमा सहयोग गर्छ।” उनले नेपालको पर्यटन केही खास क्षेत्रमा मात्र सिमित रहेकोले अब विकेन्द्रीकरण गर्ने समय आएको बताए।
प्रतिक्रिया दिनुहोस्