उखु किसानले अझै पाएनन् ४० करोड भुक्तानी काठमाडौं। उखु किसानले चिनी मिलबाट अझै ४० करोड रुपैयाँ भुक्तानी नपाएपछि फेरि आन्दोलनमा उत्रिएका छन्। चिनी मिलहरुले भुक्तानी नदिएपछि भुक्तानी माग्दै किसान तेस्रोपटक आन्दोलनमा आएका हुन्। किसानले ४०करोड भुक्तानी पाउन बाँकी भनेपनि उद्योगीहरु भने जम्मा २९करोड रुपैयाँ भुक्तानी बाँकी रहेको बताउँछन्। गत वर्षको कात्तिकयता केही उद्योग किसानलाई भुक्तानी दिएपनि अझै पनि अन्नपूर्ण,इन्दिरा,श्रीराम र लुम्बिनीले सबै भुक्तानी नदिएको किसानले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्