अमेजनलाई ८८ करोड अमेरिकी डलरभन्दा धेरैको जरिवाना एजेन्सी। विश्व प्रख्यात अनलाइन सपिङ माध्यम ‘अमेजन’लाई ८८ करोड ८० लाख अमेरिकी डलर बराबरको जरिवाना भएको छ। प्रयोगकर्ताको व्यक्तिगत विवरणलाई असुरक्षित बनाएको र प्रयोग गरेको आरोपमा युरोपियन युनियनअन्तर्गतको राष्ट्रिय तथ्यांक संरक्षण आयोगले अमेजनलाई जरिवाना गरेको हो। सन् २०१८ मा परेको एक उजुरीलाई लिएर गरिएको अनुसन्धान पछि अमेजनलाई यो जरिवाना तिराउने निर्णय भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्