नेपालको सातौं ठूलो व्यापार घाटा दक्षिण कोरियासँग, पुग्यो १६ अर्बभन्दा माथि काठमाडौं।नेपालको सातौं ठूलो व्यापार घाटा दक्षिण कोरियासँग रहेको छ। भन्सार विभागकाअनुसार भारत, चीन, अर्जेन्टिना, युएई, युक्रेन र इन्डोनेसियापछि नेपालको ठूलो व्यापार घाटा दक्षिण कोरियासँग छ। गत आर्थिक वर्ष नेपालले दक्षिण कोरियासँग १६ अर्ब २२ करोड २८ लाख ८१ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको विभागले जनाएको छ। कोरियाबाट १६अर्ब४२करोड३०लाख३१हजार रुपैयाँको वस्तु भित्रिएको थियो भने २०करोड१लाख५०हजार रुपैयाँको वस्तु कोरिया गएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्