महामारीबीच काम खोज्न दैनिक सुदुरपश्चिमबाट ७ सय युवा भारत जाँदै
रासस। कोरोना महामारीबीच देशमा रोजगारी नपाएपछि सुदुरपश्चिम प्रदेशबाट दैनिक ५ सयदेखि सातसय युवा काम खोजीमा भारत पस्ने गरेका छन्। कैलालीमा रहेको इलाका प्रहरी कार्यालय त्रिनगरका अनुसार अधिकांश नेपाली भारतको पञ्जाब,मुम्बई,आगरा,राजस्थान,बरेली, लखनऊ, सिमला तथा काला पहाडका शहरमा कामका लागि जाने गरेका हुन्। “दैनिक सयौं नागरिक कामका लागि भारत जान थालेका छन्, अधिकांश महिला र बालबालिका छन्,”त्रिनगर प्रहरी प्रमुख रमेश शाहीले भने।
प्रतिक्रिया दिनुहोस्