घटस्थापनासँगै आजबाट दशैं शुरू भएको छ। तर, मनसुन सकिएको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन मनसुनी झरी पर्नेछ।
लगातारको झरीले दशैंको किनमेलदेखि दशैं मनाउन घर फिर्नेहरूलाई मात्र सताएको छैन। दशैंको छेकोमा घुम्न जाने योजना बनाएकाहरूलाई पनि हैरानी दिएको छ। लामो बिदा हुने भएकोले दशैं–तिहारको समय आन्तरिक पर्यटनको ‘सिजन’ नै हो। मनसुन लम्बिनुको प्रभाव आन्तरिक मात्र होइन, बाह्य पर्यटनमा समेत पर्ने चिन्ता पर्यटन व्यवसायीहरूमा छ।
प्रतिकूल मौसमले पर्यटन व्यवसायमा असर परेको ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी बताउँछन्। “मौसमका कारण हिमाली क्षेत्रमा जाने फ्लाइटको टुंगो छैन,” उनी भन्छन्, “जोमसोम, ताप्लेजुङ, डोल्पा लगायतका क्षेत्रमा जाने पर्यटकले सास्ती खेप्नु परेको छ।”
आएका र सम्बन्धित स्थानमा पुगेका पर्यटकले सास्ती खेपेको थाहा पाएपछि नयाँ पयर्टक आउन जाँगर नचलाउने उनको भनाइ छ।
व्यवसायीहरूका अनुसार प्रतिकूल मौसमका कारण पर्यटकहरू समयमै आफ्नो गन्तव्यमा पुग्न सकेका छैनन्। गन्तव्यमा भएका पर्यटकहरू पनि एक ठाउँबाट अर्को ठाउँमा ‘डाईभर्ट’ हुनुपर्ने अवस्था छ। यसरी अनावश्यक रूपमा यात्रा लम्बिंदा पर्यटकको खर्च र तनाव दुवै बढ्ने व्यवसायीहरू बताउँछन्।
पर्यटन व्यवसायी नीलहरि बास्तोला मौसममा सुधार नहुँदा हुने तनाव स्वाभाविक भएको बताउँछन्। “मौसममा सुधार नहुँदा र आन्तरिक उडान रद्द हुँदा पर्यटकहरूको बिजोग हुन्छ,” उनी भन्छन्, “बेलैमा विमानस्थलले पर्यटकलाई जानकारी दिने हो भने पनि धेरै हदसम्मको समस्या दूर गर्न सकिन्छ।”
मौसमका कारण पर्वतीय पर्यटनमा बढी समस्या हुने उनको भनाइ छ।
हिजोआज सोलुखुम्बुको लुक्ला जानका लागि रामेछापको मन्थली विमानस्थलबाट उडान हुन्छ। जसको लागि काठमाडौैंबाट बिहानै त्यसतर्फ लाग्नुपर्छ। मन्थली विमानस्थल वरपर पर्यटकका लागि खाने बस्ने स्तरीय ठाउँ नहुँदा झन समस्या भइरहेको पर्यटन व्यवसायीहरु बताउँछन्। “मन्थली पुगेपछि उडान भएन भने पर्यटकलाई कहाँ राख्नू ?” बास्तोला प्रतिप्रश्न गर्छन्। यसले पर्यटन व्यवसायलाई थप असर गर्ने उनको भनाइ छ।
पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापा मौसमका कारण ‘ट्रेकिङ’ र ‘क्लाइम्बिङ’मा असर पर्ने बताउँछन्। “बेमौसमी हिमपात भयो भने पर्वतारोहणमा समस्या हुन्छ, पर्वतारोहीले तोकिएको समयमा सफल आरोहण गर्न पाउँदैनन्,” थापा भन्छन्, “पर्यटकको सिजनमै झरी परिदिंदा व्यवसायमा स्वाभाविक असर पर्छ।”
मौसम बिग्रिएका बेला आफूहरूले सूचना जारी गरेर पर्वतारोहीहरूलाई मौसमबारे जानकारी दिने गरेको उनको भनाइ छ। “पर्यटकको सुरक्षा हाम्रो पहिलो जिम्मेवारी हो,” उनी भन्छन्, “सोहीअनुसार हामीले काम गरिरहेका छौं।”
मनसुन लम्बिएकै कारण पर्यटक घटेको आँकडा एकीन नभए पनि समस्या भने भएको उनको भनाइ छ।
आज, १२ असोज (२९ सेप्टेम्बर)सम्म ६८ वटा टोलीका ५१८ सदस्यले २६ वटा हिमाल चढ्ने अनुमति लिएका छन्। अनुमति लिनेमा ४९ देशका नागरिक छन्।
हिमाली क्षेत्रमा मात्र होइन, तराईको पर्यटकीय क्षेत्रमा समेत झरीले समस्या निम्त्याएको छ।
बाँकेको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरी पहाडी क्षेत्रमा पहिरो जाने र सडक तथा हवाई यातायात अवरुद्ध हुँदा आन्तरिक पर्यटकहरू घुम्न नआएको बताउँछन्। “यसअघिका दशैंमा आन्तरिक पर्यटक खचाखच हुन्थे,” चौधरी भन्छन्, “यो पटक वर्षाले त होला, होमस्टे लगभग खाली छन्।”
नजिकका आन्तरिक पर्यटकलाई खासै समस्या नभए पनि झरीको कारण टाढाका पर्यटकहरू नआउने उनको भनाइ छ।
मौसमविद् वरूण पौडेल यो वर्षको मनसुन अझै बाँकी रहेको बताउँछन्।
“मनसुन विस्तारै कमजोर हुँदैछ, त्यसैले भोलि, १३ असोजबाट केही सुधार हुने संकेत छ,” उनी भन्छन्, “पूरै मनसुन सकिन अझै एक हप्ता लाग्छ।”
नेपालमा विशेषगरी १० जुनतिर शुरू हुने मनसुन सेप्टेम्बर अन्तिममा सकिन्छ। तर, यो वर्ष १० दिन ढिला शुरू भएको मनसुन अक्टोबर पहिलो हप्तामा सकिने उनको आकलन छ।
सेप्टेम्बर सकिनै लाग्दा पनि मनसुन किन सक्रिय छ त? मौसमविद् पौडेल भन्छन्, “विश्वव्यापी जलवायु परिवर्तनको असर हाम्रो मौसमी प्रणालीमा पनि परेको हो।”
मनसुन सकिन न्यून चापीय रेखा विस्तारै हट्दै जानुपर्छ। साथै दक्षिण पूर्वी हावाको सट्टा पश्चिमी हावा वहन शुरू हुनुपर्छ। जुन प्रक्रिया अझै शुरू भइसकेको छैन।
पछिल्ला केही वर्षलाई हेर्ने हो भने पनि मनसुनी गतिविधिमा उतारचढाव आएको देखिन्छ।
सन् २०१६ मा १५ जुनबाट मनसुन शुरू भई १२ अक्टोबरमा सकिएको थियो। २०१७ मा १२ जुनमा शुरू भई १६ अक्टोबरमा सकिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गत वर्ष भने ८ जुनबाट शुरू भई ५ अक्टोबरमा मनसुन अन्त्य भएको थियो।
जलवायु परिवर्तनको कारण नेपालमा मात्र होइन, दक्षिण एशियाकै मनसुन प्रभावित भएको मौसमविद्हरू बताउँछन्।
यसले मनसुनका बेला पनि पानी नपर्ने र थोरै समयमा धेरै पानी पर्ने समस्याले प्राकृतिक प्रकोपसमेत निम्त्याइरहेको छ।
महाशाखाका अनुसार सन् १९९६ देखि नै मनसुन विस्तारै पछि सर्न थालेको हो। नेपालमा पानी पार्ने प्रणाली बंगालको खाडी ढिलो गरी सक्रिय हुँदा नेपालमा मनसुन पनि ढिलो गरी आउने गरेको मौसमविद्हरू बताउँछन्।
शव ल्याउन समस्या
११ असोजमा मनास्लु हिमाल आरोहण गर्ने क्रममा पोल्याण्डकी ५० वर्षीया रिता डोनेटा ब्लाड्यको लेक लागेर मृत्यु भयो।
आरोहणका क्रममा ब्लाड्य तेस्रो शिविरसम्म पुगेकी थिइन् ।
‘सेभेन समिट ट्रेक्स प्रालि’मार्फत् मनास्लु आरोहणका लागि पुगेकी ब्लाड्य माथिल्लो शिविर उक्लदै गर्दा बिरामी परेकी थिइन्।
मौसम खराब भएका कारण उनको शव ल्याउन समस्या भएको प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्मालाई उद्धृत गर्दै राससले जनाएकाे छ ।
" /> घटस्थापनासँगै आजबाट दशैं शुरू भएको छ। तर, मनसुन सकिएको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन मनसुनी झरी पर्नेछ।लगातारको झरीले दशैंको किनमेलदेखि दशैं मनाउन घर फिर्नेहरूलाई मात्र सताएको छैन। दशैंको छेकोमा घुम्न जाने योजना बनाएकाहरूलाई पनि हैरानी दिएको छ। लामो बिदा हुने भएकोले दशैं–तिहारको समय आन्तरिक पर्यटनको ‘सिजन’ नै हो। मनसुन लम्बिनुको प्रभाव आन्तरिक मात्र होइन, बाह्य पर्यटनमा समेत पर्ने चिन्ता पर्यटन व्यवसायीहरूमा छ।

">