काठमाडौं। चालु आर्थिक वर्षको पहिलो ६ महीनामा सानिमा बैंकले १ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको छ। बैंकले आज प्रकाशन गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा बैंकको नाफामा बढेको देखिएको छ।चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मात्रै बैंकले ५५ करोड ३८ लाख ६३ हजार ६८० रूपैयाँ नाफा कमाएको छ।
पहिलो ६ महीनामा बैंकको नाफा करीब १७ प्रतिशतले बढेको छ। वित्तीय विवरणअनुसार, गत कात्तिकदेखि पुससम्म मात्रै बैंकको नाफा साढे १० प्रतिशतले बढेको हो।
त्यसैगरी, बैंकको खुदब्याज आम्दानी पनि साढे १३ प्रतिशतले बढेको छ। कात्तिकदेखि पुससम्म खुद ब्याज आम्दानी करिव १० प्रतिशतले बढेको छ। बैंकले दोस्रो त्रैमासमा खुद व्याज आम्दानीमा मात्रै एक अर्ब दुई करोड २९ लाख रुपैयाँ कमाएको छ।
यस अवधिमा बैंकले निक्षेप बढाएर ९९ अर्ब ३० करोड रुपैयाँ पुर्याएको छ भने बैंकले ८८ अर्ब ७१ करोड रुपैयाँ ऋण लगानी गरेको छ।
त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको स्प्रेड दर ५.२५ प्रतिशतबाट घटेर ५.०४ प्रतिशतमा झरेको छ।
अघिल्लो त्रैमासमा ०.२४ प्रतिशत रहेको खराब कर्जा बढेर ०.४१ प्रतिशत पुगेको छ।
बैंकको प्रतिशेयर आम्दानी २६.१५ रुपैयाँ रहेको छ भने प्रतिशेयर कुल सम्पति १३६६.२१ रुपैयाँ रहेको छ। त्यसैगरी, प्रतिशेयर नेटवर्थ १३९.०६ रुपैयाँ रहेको छ।
" /> काठमाडौं। चालु आर्थिक वर्षको पहिलो ६ महीनामा सानिमा बैंकले १ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको छ। बैंकले आज प्रकाशन गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा बैंकको नाफामा बढेको देखिएको छ।चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मात्रै बैंकले ५५ करोड ३८ लाख ६३ हजार ६८० रूपैयाँ नाफा कमाएको छ।पहिलो ६ महीनामा बैंकको नाफा करीब १७ प्रतिशतले बढेको छ। वित्तीय विवरणअनुसार, गत कात्तिकदेखि पुससम्म मात्रै बैंकको नाफा साढे १० प्रतिशतले बढेको हो।

">