समुन्द्रपार निकासी पैठारी संघमा वंशलको नेतृत्व
काठमाडौं। सुनिलकुमार वंशल नेपाल समुन्द्रपार निकासी पैठारी संघको अध्यक्ष चुनिएका छन्। संघको ४०औं साधारणसभाले वंशलको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा विनोदकुमार सेठिया, द्वितीय उपाध्यक्षमा शिवकुमार अग्रवाल, महासचिवमा मदनलाल मित्तल, प्रथम सचिवमा अनिलकुमार अग्रवाल, द्वितीय सचिवमा खगेन्द्र सिटौला र कोषाध्यक्षमा कुमार कार्की चयन भएका छन् ।

यसका साथै, सदस्यहरुमा अमित मोर, आकाश गोल्छा, गौरव शारडा, जयन्तकुमार अग्रवाल, दिनेशकुमार चोखानी, पवनकुमार अग्रवाल छन् ।

प्रदीप राजगाढिया, प्रभातकुमार सर्राफ, विष्णुकुमार जोशी, रतनलाल केडिया, रमेशकुमार थापा, रामचन्द्र खेतान, संजय अग्रवाल र सुशील गुप्ता पनि कार्यसमिति सदस्य चयन भएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्