काठमाडौं । लगातार ओरालो लागेको शेयर बजार आज दोहोरो अंकले बढेको छ ।
आज नेप्से परिसूचक १०.४२ विन्दुले बढेर ११३५.५६ विन्दुमा पुगेको हो । पछिल्लो चार दिनमा सूचक १५ अंकले घटेको थियो।
यस्तै सेन्सेटिभ परिसूचक ०.६८ विन्दुले बढेर २४७.०२ विन्दुमा पुगेको छ ।
नेप्से बढे पनि कारोबार रकममा उल्लेख्य वृद्धि हुन सकेन । आज १५७ कम्पनीको ६ लाख ३३ हजार ९५१ कित्ता शेयर १६ करोड ८८ लाख २८ हजार रूपैयाँमा खरीद–बिक्री भएको छ ।
कारोबार भएका ११ उपसमूहमध्ये एक उपसमूहको मात्रै शेयर ओरालो लागेको छ ।
अन्य उपसमूह ६.८२ विन्दुले घट्दा बैंकिङ ९.८१, होटल ४९.०२, विकास बैंक ९.८९, जलविद्युत् २०.१८, वित्त ३.१७, निर्जीवन बीमा ६६.४९, उत्पादन ३८.८९, लघुवित्त १०, जीवन बीमा ७१.८६ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेको छ ।
आज सबैभन्दा बढी सनराइज बैंकको दुई करोड १३ लाख रूपैयाँको शेयर कारोबार भएको छ।