काठमाडौं। मंगलबार शेयर बजारमा नेप्से परिसूचक बढेपनि सेन्सेटिभ परिसूचक घटेको छ। कारोबार रकम एक अर्ब ४० करोड रुपैयाँ बराबरको भएको छ। बजारमा लगानीकर्ताको मनोबल परिवर्तन भइरहँदा परिसूचकमा उतारचढाव देखिएको छ। तर, बजार बुलिस ट्रेण्डमा रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको विश्लेषकको भनाई छ।
मंगलबार नेप्से परिसूचक बढेको छ तर सेन्सेटिभ परिसूचक घटेको छ। यसको अर्थ नेप्सेले ‘क’ वर्गमा राखेका कम्पनीहरुकोभन्दा अन्य कम्पनीहरुको प्रभाव बजारमा सकारात्मक देखिएको छ भन्ने हो।
लगानीकर्ताको आकर्षण कम मूल्य भएका शेयरमा हुँदा बजारमा उतारचढाव देखिएको विश्लेषकहरुको भनाई छ। त्यस्तै, अधिकांश कम्पनीले लाभांश वितरण गरिसकेकाले पनि बजारमा ठूलो उतारचढाव नदेखिएको विश्लेषण गर्न सकिन्छ।
बैंकको ब्याजदर तल झरेकाले बजारलाई टेवा पु¥याएको छ। त्यस्तै, नेपाल राष्ट्र बैंकले सवारीसाधन तथा घरजग्गा कर्जामा केही कडाई गरेकाले पनि बजार माथि आएको विश्लेषण गरिएको छ। तर, शेयर विश्लेषक विष्णुप्रसाद बस्यालले ब्याजदर र कर्जाको विषयले अल्पकालमा असर गरेपनि लगानीकर्ताले दिर्घकालमा यसको असर कस्तो पर्छ भन्ने हेरिरहेको बताए।
उनले अर्थतन्त्रका सूचकहरुहरु सकारात्मक हुँदै गएकाले बजारमा सकारात्मक असर परेको बताए। त्यस्तै, सरकारका नीतिहरु पनि आइसकेको र अबको एक वर्ष पछिको अर्थतन्त्रको अवस्थालाई हेरेर लगानीकर्ताले कारोबार गरिरहेकाले नेप्से बढेको उनको विश्लेषण छ।
शेयर बजारको इतिहासमा ४० देखि ४३ महिनाको घट्दो बजार हुँदा ५० देखि ५२ महिना बढ्दो बजारको अवस्था देखिएको बताए। बजारको इतिहास दोहोरिन्छ भन्ने मान्यता अनुसार यसपटक करिब ४१ महीनाको घट्दो बजारको ट्रेण्ड पुरा गरी बजारले बढ्दो ट्रेण्ड समाएको स्पष्ट भइसकेको बस्यालले बताए।
अबको ५० महीनाको अवधि बढ्दो ट्रेण्डमा हुने प्राविधिक विश्लेषण गर्न सकिने अवस्था रहेको समेत दावी गरे। त्यसका लागि अर्थतन्त्रका सूचकहरुले पनि साथ दिएको उनको भनाईं छ।
मंगलबार नेप्से उतारचढावका बीच पाँच दशमलव ५२ अंकले बढेको छ। नेप्सेमा उतारचढाव देखिएपनि नकारात्मक भने देखिएन्। सेन्सेटिभ परिसूचक भने शुन्य दशमलव ४८ अंकले घटेको छ। परिसूचकहरुमा उतारचढाव देखिएपनि एक अर्ब ४० करोड ४ लाख ६७ हजार ८ सय ५ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारमा आएका समुहमध्ये बैंकिङ, व्यापार, होटल, जलविद्युत समुहका सूचकहरु घटेका छन्। ग्लोबल आइएमई बैंकको शेयरमा लगानीकर्ताको आकर्षण मंगलबार पनि देखिको छ। यो बैंकको नौ करोड ९५ लाख ८५ हजार ३ सय ६ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। तर, सबैभन्दा बढी शिखर इन्स्योरेन्सका शेयरधनीले ८ प्रतिशतले कमाएका छन्। गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका शेयरधनीले भने सबैभन्दा बढी ४ दशमलव ३५ प्रतिशतले गुमाएका छन्।
" /> काठमाडौं। मंगलबार शेयर बजारमा नेप्से परिसूचक बढेपनि सेन्सेटिभ परिसूचक घटेको छ। कारोबार रकम एक अर्ब ४० करोड रुपैयाँ बराबरको भएको छ। बजारमा लगानीकर्ताको मनोबल परिवर्तन भइरहँदा परिसूचकमा उतारचढाव देखिएको छ। तर, बजार बुलिस ट्रेण्डमा रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको विश्लेषकको भनाई छ।मंगलबार नेप्से परिसूचक बढेको छ तर सेन्सेटिभ परिसूचक घटेको छ। यसको अर्थ नेप्सेले ‘क’ वर्गमा राखेका कम्पनीहरुकोभन्दा अन्य कम्पनीहरुको प्रभाव बजारमा सकारात्मक देखिएको छ भन्ने हो।

">