काठमाडौं। क्यान इन्फोटेक २०२० को तयारी अन्तिम चरणमा पुगेको कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघले बताएको छ। क्यान इन्फोटेकको २६औं संस्करण आगामी २ फागुनदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ।
प्रदर्शनीका ८० प्रतिशत स्टल बुकिङ भइसकेको क्यान महासंघका अध्यक्ष नवराज कुँवरले बताए।
क्यान इन्फोटेकको मुख्य विशेषता इन्नोभेशन एक्स्पोजर रहेको कुँवरले बताए। यस अन्तर्गत स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्ट र आइडियाको प्रदर्शनी गर्नेछन्।
क्यान महासंघले स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागी हुन आह्वान गरेको छ।
प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरुको प्रवद्र्धन गर्ने आफ्नो योजनाअनुरुप क्यान महासंघले इन्नोभेशन एक्स्पोजर लाई बिशेष प्राथमिकतामा राखेको कुँवरले बताए।
सूचनाप्रविधि तथा इञ्जिनियरिङका विद्यार्थीहरुको क्षमता विकास गर्नु, उनीहरुको आइडियालाई प्लाटफर्म प्रदान गर्नु, इन्नोभेटिभ आइडियालाई ब्यबसायमा बदल्न मद्दत गर्नु र व्यबहार उपयोगी शिक्षामा योगदान गर्नु पनि यसको उद्देश्य रहेको उनले बताए।
इन्फोटेकमा स्टार्टअप आइडिया तथा प्रोजेक्ट प्रतिस्पर्धा र जुनियर इन्नोभेटरको प्रदर्शनीका साथै रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेस जस्ता प्रतिस्पर्धा पनि आयोजना गरिने र हरेक प्रतिस्पर्धाका विजेताले आकर्षक पुरस्कार पाउने अध्यक्ष कुँवरले जानकारी दिए।
रोबोट र ड्रोनबाट गरिने प्रदर्शनीको उद्घाटन पनि सूचनाप्रविधि मेलाको विशेष आकर्षण रहने छ।
दुवै प्रतियोगिता नकआउट शैलीमा खेलिने छन् भने उत्कृष्ट ८ टीमले इन्फोटेकमा हुने प्रतिस्पर्धामा भाग लिन पाउने छन् । साथै बिजेताहरुले प्रमाणपत्र सहित रु। १ लाख नगद पुरस्कार पनि प्राप्त गर्ने छन् ।
क्यान इन्फोटेकको यो संस्करणको प्रबेश शुल्क रु १०० राखिएको छ, बिधार्थीहरुले ५० प्रतिशत छुट पाउने छन भने, सामुदायिक तथा सरकारी विद्यालय र कलेजका बिधार्थीहरु, संचारकर्मी, जेष्ठ नागरिक, फरक क्षमता भएका ब्यक्तिहरुले निशुल्क प्रवेश पाउन सक्नेछन। यसैगरी, फाल्गुन ५ गतेलाई बिजनेस डे तोकिएको छ।
क्यान इन्फोटेक २०२० को टिकटलाई पेपरलेस बनाइएको आयोजकले बताएका छन्। अवलोकनकर्ताले प्रभु पेबाटै टिकट किन्न सक्ने छन् भने प्रदर्शनीस्थलमा पनि किओस्क मेशिनबाट टिकट लिन सकिने उनीहरूले बताएका छन्।
अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु पनि प्रदर्शनीमा राखिने छन्। त्यसैगरी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि मेलामा रहने क्यान महासंघका महासचिव नारायण थापाले जानकारी दिए।
" /> काठमाडौं। क्यान इन्फोटेक २०२० को तयारी अन्तिम चरणमा पुगेको कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघले बताएको छ। क्यान इन्फोटेकको २६औं संस्करण आगामी २ फागुनदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ।प्रदर्शनीका ८० प्रतिशत स्टल बुकिङ भइसकेको क्यान महासंघका अध्यक्ष नवराज कुँवरले बताए।

">