काठमाडौं। सिद्धार्थ बैंकले बाँकेको नेपालगञ्जमा दुई वटा विस्तार गरेको छ।
बैंकले २१ माघदेखि नेपालगञ्जको न्यूरोड र बीपी चोकमा रहेको शाखाबाट औपचारिक कारोबार शुरू गरेको हो।
नेपालगञ्ज उपमहानगरपालिकाका उपेयर उमा थापा मगर र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाले संयुक्त रूपमा बैंकको न्यूरोड शाखाको उद्घाटन गरे।
यस्तै, बीपी चोक शाखाको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक सापकोटाले संयुक्त उद्घाटन गरे।
बैंकको न्यूरोड नेपालगञ्ज शाखा १६ पुस र बीपी चोक शाखाको ९ भदौदेखि नै सञ्चालन गरी कारोबार हुँदै आएको थियो।
बैकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटीएम र एक हजार ६०० भन्दा बढी पोओएस मेसिनमार्फत् उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।
बैंकले निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप सुदृढ, आत्मीय र ग्राहकमुखी बनाउने उद्देश्य लिएको बताएको छ।
" /> काठमाडौं। सिद्धार्थ बैंकले बाँकेको नेपालगञ्जमा दुई वटा विस्तार गरेको छ।बैंकले २१ माघदेखि नेपालगञ्जको न्यूरोड र बीपी चोकमा रहेको शाखाबाट औपचारिक कारोबार शुरू गरेको हो।

">