इ–सेवा र फिनलिट नेपालले गरे वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गर्ने सम्झौता
काठमाडौं।नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इ–सेवाले मुलुकका विभिन्न क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रमका लागी फिनलिट नेपालसँग सहकार्य गरेको छ।
वित्तीय साक्षरतासम्बन्धी सम्झौता पत्रमा इसेवाका प्रमुख सञ्चालन अधिकृत(सिओओ) रोशन लामिछाने र फिनलिट नेपालका प्रबन्ध निर्देशक गौरव थापाले हस्ताक्षर गरेका छन्।
उक्त कार्यक्रम अन्तर्गत फिनलिटले स्थानीय स्तरमा वित्तीय संस्था, वित्तीय संस्थाको महत्व र उनीहरूले प्रदान गर्ने सेवा लगायतका वित्तीय साक्षरता सम्बन्धी कक्षा सञ्चालन गर्नेछ।
इ–सेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक हो। इ–सेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ।
इ–सेवामा ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इ–सेवामा सहजै रकम जम्मा गर्न तथा इ–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्