नेपाल लाइफको बीमा शुल्क इ-सेवा बाट भुक्तानी हुने <p>काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क अब इ-सेवाबाट भुक्तानी गर्न मिल्ने भएको छ।</p> <p>बीमा शुल्क अनलाइनबाट भुक्तानी गर्ने समझदारी पत्रमा इ-सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्सका सहायक &nbsp;प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले हस्ताक्षर आज हस्ताक्षर गरेका छन्।</p> <p>अब नेपाल लाइफका २७ लाखभन्दा बढी बीमितहरूले अनलाइनबाट बीमा शुल्क भुक्तानी गर्न सक्नेछन्। &ldquo;जीवन बीमाको प्रिमियम बुझाउन काउण्टर अथवा एजेण्टसम्म पुग्नुपर्ने बाध्यतालाई हाम्रो सहकार्यले अन्त्य गरिदिएको छ, अबदेखि बिमितहरूले घरमै बसेर सजिलैसँग प्रिमियम भुक्तानी गर्न सक्नेछन्&rdquo;, इ-सेवाका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले भने।</p> <p>इ-सेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो। देशभर करिब ८० हजारभन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इ&ndash;सेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा एक करोड भन्दा बढिले सेवा लिइरहेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्