प्रदेश २ मा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य

लहान। नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी प्रदेश २ ले पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यसहित प्रदेशभिरका पर्यटकीय क्षेत्रहरुको एकिकृत दस्तावेज संकलनको काम सुरु गरेको छ।

भ्रमण वर्ष प्रदेश २ संयोजक मनिष झाले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा रहेका धार्मीक तथा पर्यटकीय क्षेत्रको पहिचान एकीकृत दस्तावेज बनाइने जानकारी दिएका छन्।

प्रमुख शहरमा रहेका चोक, सार्वजनिक स्थल, होटल तथा लजहरुमा पर्यटकीय ठाउँहरुको प्रचार–प्रसार सामग्री पनि राखिनेछ।

आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गर्न प्रदेशका आठवटै जिल्लाको शहरमा सरसफाइ अभियान सञ्चालन गरिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्