दशैंका लागि बैंकबाट ४७ अर्ब झिकियो

काठमाडौं। यो वर्षको दशैंको किनमेलका लागि बैंक तथा वित्तीय संस्थाबाट ४७ अर्ब रूपैंया बाहिरिएको छ। यो रकम १ देखि १५ असोजसम्म झिकिएको रकम हो।

दशैं र तिहारको समयमा मानिसको उपभोग प्रवृत्ति बढ्ने भएकाले बैंक तथा वित्तीय संस्थाबाट सामान्य अवस्थामा भन्दा बढी पैसा बाहिरिने गरेको छ।

गत वर्षको भदौ मसान्तसम्म ६८ अर्ब रूपैंया बाहिरिएको थियो ।

आजको कान्तिपुर दैनिकका अनुसार यो वर्ष असोज महीना लागेयता ४७ अर्ब रुपैंया निकालिएको राष्ट्र बैंकको तथ्यांक छ।

चाडबाडको समयमा कारोबारी मुद्राको माग धेरै हुने भएकाले बैंकिङ प्रणालीबाट धेरै पैसा बाहिरिने राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए।

प्रतिक्रिया दिनुहोस्