काठमाडौं। मोबाइल भुक्तानी नेटवर्क फोनपेले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका मासिक विजेता घोषणा गरेको छ। दुबई ट्रिपका लागी ग्राहकको तर्फबाट सुप्रिया शाक्य र मर्चेन्टका तर्फबाट हिमालयन किराना पसल बिजेता भएका हुन्।
गत बिहीबारको कल कान्तिपुरको लाइभ शोमा लक्की ड्र मार्फत घोषणा गरिएको थियो। दुबई ट्रिप जित्ने व्यक्तिले थप तीन जना व्यक्तिलाई पनि आफुसँग लैजान पाउँनेछन्। विजेता २ जनवरीदेखि १ फब्रुअरीसम्म क्युआर मार्फत भुक्तानी गर्ने ग्राहक र मर्चेन्ट मध्येबाट छानिएको फोन–पेले बताएको छ।
फोन–पे ले ग्राहक र मर्चेन्टका लागि अङ्ग्रेजी नयाँ वर्ष २०२० को अवसरमा ६ महीनासम्म लागु हुनेगरी ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ उपहार योजना सञ्चालन गरिरहेको छ। कम्पनीले दैनिक, साप्ताहिक र मासिक रूपमा विजेता घोषणा गर्ने गरेको छ।
उक्त उपहार योजना अन्तर्गत दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन्। यस्तै पाँच वटा मर्चेनटले आकर्षक उपहार प्राप्त गर्नेछन्। यसैगरी, हरेक हप्ता एक जना ग्राहक र मर्चेन्टले २५ हजार रुपैयाँको मोबाईल फोन जित्न सक्नेछन्।
उपहार योजना जुन महीनाको अन्त्यसम्म सञ्चालन हुने कम्पनीले बताएको छ। यस उपहार योजनामा कुल १८ सय १० जनाले शतप्रतिशत क्यासब्याक पाउनेछन्। यसैगरी, साप्ताहिक दुई जनाका दरले ५० जना र प्रत्येक महीना दुई जनाका दरले १२ जनाले उपहार जित्ने मौका पाउनेछन्।
" /> काठमाडौं। मोबाइल भुक्तानी नेटवर्क फोनपेले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका मासिक विजेता घोषणा गरेको छ। दुबई ट्रिपका लागी ग्राहकको तर्फबाट सुप्रिया शाक्य र मर्चेन्टका तर्फबाट हिमालयन किराना पसल बिजेता भएका हुन्।गत बिहीबारको कल कान्तिपुरको लाइभ शोमा लक्की ड्र मार्फत घोषणा गरिएको थियो। दुबई ट्रिप जित्ने व्यक्तिले थप तीन जना व्यक्तिलाई पनि आफुसँग लैजान पाउँनेछन्। विजेता २ जनवरीदेखि १ फब्रुअरीसम्म क्युआर मार्फत भुक्तानी गर्ने ग्राहक र मर्चेन्ट मध्येबाट छानिएको फोन–पेले बताएको छ।

">