काठमाडौं। शेयर बजारमा साताको अन्तिम दिन आज कारोबारमा नयाँ रेकर्ड कायम गरेर बन्द भएको छ। तीब्र उतारचढावमा गुज्रिएको आजको बजारमा नेप्से परिसूक ३६ दशमलव शुन्य ५ अंकले बढेर १ हजार ६ सय ३२ दशमलव १७ अंकमा बन्द भएको छ।

सेन्सेटिभ परिसूचक पनि ११ दशमलव ६३ अंकले बढेर ३ सय ४७ दशमलव ६८ अंकमा बन्द भएको छ। आज एकै दिनमा ४ अर्ब ४६ करोड ५ लाख ३६ हजार २ सय ५१ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। जुन अहिलेसम्मकै उच्च कारोबार हो। आज १ सय ८० कम्पनीको १ करोड ८ लाख ५९ हजार ६ सय ५६ कित्ता शेयर खरिद विक्री भएका छन्।

पछिल्लो एक महिनामा नेप्से परिसूचक ३ सय २६ दशमलव २९ अंकले बढेको छ। गत माघ १५ गते नेप्से परिसूचक १ हजार ३ सय ५ दशमलव ८८ अंकमा बन्द भएको थियो।

बजारमा उच्च कारोबार हुनु र शेयरको माग बढ्नुको मूख्य कारण चीनमा देखिएको नोेवल कोरोना भाइरस रहेको केही लगानीकर्ताहरूको विश्लेषण छ। लगानीक्र्ता हरिश दाहालले चीनमा कारोना भाइरस देखिएपछि चीनसँग हुने व्यापारिक कारोबार ठप्प भएको र उक्त पैसा शेयर बजारमा आएकाले कारोबार उच्च भएको बताए।

दैनिक २ अर्ब रुपैयाँभन्दा बढीको आयात चीनबाट हुने गरेकोमा अहिले आयात प्रभावित हुँदा उक्त पैसा शेयर बजारमा भित्रिएको उनको तर्क छ। चीनसँगको व्यापार सहज भएपछि शेयर बिक्री गरी व्यापार गर्न सजिलो हुने भएकाले पनि व्यवसायीले शेयरमा लगानी गरिरहेको उनले बताए।

अर्थतन्त्रका अधिकांश सूचकहरु सकरात्मक हुनु, बैंकहरूले शेयरमा लगानी बढाउनु र कम्पनीहरूको वित्तीय प्रगति राम्रो देखिनु नै बजार बढ्नुको मूख्य कारण भएको अधिकांश विश्लेषकको मत छ। शेयर विश्लेषक रूक्मागत काफ्लेले अर्थतन्त्र सकारात्मक भएको अवस्थामा ठूला लगानीकर्ताले शेयर खरिद बढाउँदा बजार सकारात्मक भएको बताए। कुनैपनि बेला ठूला लगानीकर्ताले बिक्री बढाउन सक्ने भएकाले लगानी गर्दा ध्यान दिनुपर्ने समय आएको उनले बताए।

बजारमा ठूला लगानीकर्ता र म्युचुअल फण्ड कम्पनीहरूले शेयर खरिद बढाएकोले लगातार कारोबार रकमसँगै नेप्से बढेको छ। विश्लेषक काफ्लेले कुनै पनि बेला ठूला लगानीकर्ता र स्पेकुलेसन गर्ने लगानीकर्ताले बिक्री चाप बढाएमा बजार फेरि तल आउन सक्ने र त्यो अवस्थामा नयाँ र साना लगानीकर्तालाई समस्या हुन सक्ने सम्भावना दोहोरिन सक्ने उनले बताए।

आज नेप्से परिसूचक बढे पनि अधिकांश समूहका सूचकहरु भने घटेका छन्। बैंकिङ, विकास बैंक र उत्पादन तथा प्रशोधन समूहका सूचक मात्र बढेका छन्। बैंकिङ समूह ६ दशमलव १४ प्रतिशतले, विकास बैंक समूह १ दशमलव ९१ प्रतिशतले र उत्पादन तथा प्रशोधन समूह शुन्य दशमलव ५१ प्रतिशतले बढेको छ। त्यसबाहेक ९ वटा समूहका सूचकहरु घटेका छन्।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार २८ करोड ९२ लाख ३७ हजार २ सय ८३ रुपैयाँ, एनआइसी एसियाको शेयर २० करोड ५९ लाख ४६ हजार ५ सय ५ रुपैयाँको खरिद विक्री भएको छ। सबैभन्दा बढी एभरेष्ट बैंकका शेयरधनीले १० प्रतिशतले कमाएका छन्। त्यस्तै, नेपाल एसबीआई बैंक, हिमालयन बैंक, नबिल बैंक, वोमि माइक्रोफाइनान्सका शेयरधनीले ९ प्रतिशत भन्दा बढीले कमाएका छन्। तर, ङादी ग्रुप पावरका शेयरधनी, सिनर्जी पावर र समृद्धि फाइनान्सका शेयरधनीले ६ प्रतिशतभन्दा बढीले गुमाएका छन्।

" /> काठमाडौं। शेयर बजारमा साताको अन्तिम दिन आज कारोबारमा नयाँ रेकर्ड कायम गरेर बन्द भएको छ। तीब्र उतारचढावमा गुज्रिएको आजको बजारमा नेप्से परिसूक ३६ दशमलव शुन्य ५ अंकले बढेर १ हजार ६ सय ३२ दशमलव १७ अंकमा बन्द भएको छ।

"> शेयर बजारमा ३६ अंकको फराकिलो छलाङ, कारोबारमा ऐतिहासिक रेकर्ड: Dekhapadhi
शेयर बजारमा ३६ अंकको फराकिलो छलाङ, कारोबारमा ऐतिहासिक रेकर्ड

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्