काठमाडौं । विगतका वर्षको तुलनामा भारतबाट यस वर्ष नेपालमा खसीबोका भित्रिने क्रम निकै कम भएको छ ।
यो वर्ष भारतबाट भित्रिने खसीबोकाको संख्या करीब ५० प्रतिशतले कमी भएको हो ।
पशु सेवा विभागका अनुसार अघिल्लो वर्ष करीब पाँच लाख खसीबोका नेपाल भित्र्याइएको थियो ।
यस वर्ष करीब २ लाख ३५ हजार खसीबोका मात्रै भित्रिएको विभागले जनाएको छ ।
आयात हुने खसीबोकाको भन्सार दर बढ्नु, स्वास्थ्य परीक्षण प्रमाणपत्र अनिवार्य हुनुलगायत कारणले कमी आएको विभागका सूचना अधिकारी डा. चन्द्र ढकाल बताउँछन् ।
यसैगरी डोल्पा, मनाङ, मुस्ताङ लगायतका क्षेत्रमा उत्पादन हुने च्याङ्ग्राले पनि राम्रो बजार पाएका छन् ।
स्वदेशी च्याङ्ग्राले पनि काठमाडौं, पोखरा लगायत शहरमा राम्रो बजार पाएको पशु सेवा विभागले जनाएको छ । रासस