दशैंमा २ करोड ५० लाखको खसीबोका बिक्री
कावासोती। नवलपरासी पूर्वनवलपुरमा रहेका २ वटा सहकारीले दशैँमा दुई करोड ५० लाख रूपैंया बराबरको खसीबोका बिक्री गरेका छन्।

सहकारीले स्थापना गरेको संकलन केन्द्रमा किसानबाट सङ्कलित खसीबोका बिक्री गरिएको हो।

१० दिनको अवधिमा हुप्सेकोट गाउँपालिकाको झ्यालबासस्थित लेकबेंसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दुई करोड ३० लाख रूपैंयाको खसीबोका बिक्री गरेको छ।

नवलपुरको मैनाघाट सामाजिक उद्यमी महिला सहकारीले २० लाख रूपैंयाको खसीबोका बिक्री गरेको छ।

घटस्थापना शुरु भएपछि नवमीसम्ममा एक हजार ७६३ वटा खसीबोका बिक्री गरेको लेकबेंसी सामाजिक उद्यमी महिला सहकारी संस्थाकि व्यवस्थापक सुशीला परियारले बताएकि छन्।

सहकारीले किसानबाट जिउँदोमा प्रति केजी ४५० रूपैंयामा खरीद गरी १० रूपैंया मुनाफा राखेर विक्रि बाख्रापालन गर्ने कृषकलाई समेत बजारीकरणमा सहयोग मिलेको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्