दमौली । घरेलु तथा साना उद्योग विकास समिति कार्यालय दमौलीले तनहुँका २४३ उद्योग खारेज गरेको छ ।
कार्यालयले आर्थिक वर्ष २०७५/७६ सम्म दर्ता भएका आठ हजार ११५ मध्ये २४३ उद्योग खारेज गरेको हो ।
उद्योग सञ्चालनका लागि दर्ता गराए पनि लामो समयसम्म निष्क्रिय रहेका उक्त उद्योग खारेज गरिएको कार्यालय प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए ।
खारेज हुनेमा सेवामूलक, उत्पादनमूलक, कृषि तथा वन पैदावरमा आधारित उद्योग छन् ।
औद्योगिक व्यवसाय ऐन २०७३ अनुसार उद्योगीले उद्योग चलाउन नसक्ने भनी कारणसहित निवेदन दिएमा, शर्त तथा निर्देशन पालना नगरेमा र लामो समयसम्म नवीकरण नगरेमा उद्योग खारेज हुने व्यवस्था छ । रासस