प्रदेश सरकारको अनुदानमा नवलपुरमा होमस्टे
नवलपरासी। नवलपुरको कावासोती नगरपालिका-१० मा घरबास (होमस्टे) स्थापना गरिएको छ।

गण्डकी प्रदेश सरकारको घरबास अनुदान सहयोग र स्थानीयको सक्रियतामा थारु समुदायको बसोबास रहेको चिलाहा रतौल क्षेत्रका १३ घरमा घरबास स्थापना गरिएको हो।

होमस्टे स्थापनाका लागि प्रदेश सरकारले १५ लाख रूपैंया अनुदान उपलब्ध गराएको कावासोती नगरपालिका- १० का वडाध्यक्ष टेकनारायण महतोले बताए।

१३ वटा घरमा स्थापना गरिएको घरबासमा १०४ जनासम्म एकैपटक बस्नसक्ने गरी व्यवस्थापन गरिएको छ।

प्रदेश सरकारको लागतमा सांस्कृतिक भवन समेत निर्माण गरिएको छ।

यहाँ वन्यजन्तु अवलोकनका लागि जङ्गल सफारी, डुङ्गा सयरका गर्न आन्तरिक तथा बाह्य पर्यटक आउँछन्।

होमस्टेमा थारु परिकार, नृत्यका साथै थारु संस्कृति प्रदर्शनी पर्यटकहरुका लागि आकर्षक छन्। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्