चीनको नाकामा प्रवेश सहज बनाउन व्यवसायीको माग

काठमाडौं। नेपाल राष्ट्रिय व्यवसायी महासंघले नेपालसँग जोडिएका चीनका नाकाहरुमा व्यवसायीलाई सहजरूपमा प्रवेश गर्न पाउनुपर्ने माग गरेको छ।

चिनियाँ राष्ट्रपति सी चिनिफिङको नेपालको राजकीय भ्रमणका क्रममा २५ असोजमा विज्ञप्ति जारी गर्दै महासंघले नेपाल–चीन व्यापारलाई अझ मजबुत र दीगो बनाउन व्यवसायीलाई सहजरूपमा नाकासम्म प्रवेश गर्न दिनुपर्ने माग गरेको हो।

अहिले नाका जोडिएका जिल्लाका नागरिकलाई मात्र नागरिकताको आधारमा नाकासम्म जान दिने व्यवस्था छ।

महासंघका अध्यक्ष नरेश कट्‍वालले चीनबाट नेपालमा धेरै सामान आयात हुने भएकाले व्यवसायीलाई सहजताका लागि मल्टिपल भिसाको व्यवस्था गर्नुपर्ने बताएका छन्।

चीनबाट नेपाल आउने सामान छुटाउनका लागि नाकासम्म पुग्न अस्थायी पासको व्यवस्था गर्न पनि महासंघले अनुरोध गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्