सुदूरपश्चिम सरकारलाई सिटिजन्स बैंकको ७ लाख
<p>कैलाली । सुदूरपश्‍चिममा कोरोना भाइरसको संक्रमण रोकथामका लागि सिटिजन्स बैंक इन्टरनेसनलले सात लाख रुपैयाँ सहयोग गरेको छ। </p>
<p>बैंकको सुदूरपश्‍चिम कार्यालय प्रमुख धीरज जोशीले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई निवासमै पुगेर मंगलबार सात लाख रुपैयाँको चेक हस्तान्तरण गरे। </p>
<p>चेक हस्तान्तरण गर्दै प्रमुख जोशीले प्रदेश सरकारद्वारा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको राहत कोषमा सहयोग गरिएको बताए।</p>
प्रतिक्रिया दिनुहोस्