कुमारी बैंकको पेमेन्ट गेटवे हुँदै दराजमार्फत विगमार्टमा सामान किन्दा १० प्रतिशत छुट
<p>काठमाडौं। कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरेर अनलाइन सपिङ साइट दराजमार्फत बिगमार्टमा सामान खरिद गर्दा ग्राहकले १० प्रतिशत छुट पाउने भएका छन्।</p>
<p>कुमारी बैंक, दराज र बिगमार्टको सहकार्यमा यस्तो छुटको अफर ल्याइएको कुमारी बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।</p>
<p>लडडाउनको अवस्थामा सामाग्री खरिदका लागि बजार जान असम्भव हुने भएकोले अनलाइन खरिदमा छुट दिइएको उक्त विज्ञप्तिमा उल्लेख छ।</p>
<p>बिगमार्टबाट खाद्यान्न लगायत अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको खरिदमा १० वा अधिकतम पाँच सय रूपैयाँसम्म छुट हुने उक्त विज्ञप्तिमा उल्लेख छ। उक्त योजना सीमीत अवधिका लागी मात्र लागू हुने बताइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्