नेपाल र चीनबीच स्वास्थ्य, शिक्षा, उद्योग, पर्यटन, व्यापार तथा क्रस बोर्डर कनेक्टिभिटीको सम्भाव्यता अध्ययन लगायतबारे विभिन्न सम्झौता भएका छन् ।
दुईदिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज दुईदेशबीच सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको हो । भएका सम्झौतामध्ये काठमाडौं–केरूङ जोड्ने टोखा–छहरे र स्याफ्रुबेशी–बेत्रावती सुरूङमार्ग पनि एक हो ।
अर्थ मन्त्रालय र चीनको चाइना इन्टरनेशनल डेभलपमेन्ट को–अपरेशनबीच सुरूङमार्ग निर्माण गर्ने सम्झौता गरिएको हो । यसका लागि दुई देशको सहकार्यमा कम्पनी स्थापना गर्ने जनाइएको छ ।
काठमाडौंलाई चीनसँग जोड्ने छोटो यो खण्डमा सुरूङमार्ग बने यसले काठमाडौं–चीनलाई थप नजिक ल्याउनेछ । चीनको रेसुओपोर्ट र रसुवागढी, स्याफ्रुबेसी, छहरे, गुर्जेभन्ज्याङ, हुँदै टोखासम्मको दूरी १०० किलोमिटर छ । छहरेदेखि टोखासम्म २७ किमी दूरी पर्छ ।
स्याफ्रुबेशी–बेत्रावती र छहरे–टोखा सुरुङ निर्माण भए करिब ५० किमी सडक छोटिने प्रारम्भिक अनुमान गरिएको छ ।
बेत्रावती–सूर्यगढी गाउँपालिका ५ कल्लेरी हुँदै सुरूङ बनेमा यो दूरी झन् छोटो हुनेछ । प्रस्तावित सुरुङ मार्गको प्रवेशद्वार टोखास्थित झोर–काठमाडौं चक्रपथको सामाखुसी चोकबाट करीब साढे ७ किलोमिटर उत्तरमा छ ।
टोखा–छहरे सुरुङमार्गको दूरी करीब ५ किमी हुने प्रारम्भिक अनुमान छ । त्यस्तै स्याफ्रुबेशी–बेत्रावती खण्ड करीब २० किमी हुने जनाइएको छ । तर, विस्तृत अध्ययन पश्चात मात्रै एकीन दूरी निस्कनेछ । यो सुरुङ मार्ग निर्माण भएपछि २ घण्टामा काठमाडौंबाट केरुङ पुग्न सकिने बताइएको छ ।
चीनले सन् २०१४ नोभेम्बरमा नेपाल सीमा रसुवागढी पारी रेसुओपोर्ट खोलेर अन्तर्राष्ट्रिय नाका घोषणा गरेको थियो । रेसुओपोर्टदेखि केरुङसम्मको दूरी २४ किमी छ ।
काठमाडौलाई नुवाकोट, रसुवा हुँदै चीन जोड्ने यो सुरुङमार्ग निर्माण भए काठमाडौं–चीनको दूरी घट्नेछ । यसले काठमाडौं, नुवाकोट र रसुवाको व्यापार व्यवसाय बढ्ने अनुमान छ । त्यस्तै, चिनियाँ पर्यटनको आवागमनमा पनि वृद्धि हुने विश्वास छ । बारम्बार पहिरोले दिने दुःख पनि अन्त्य हुनेछ ।
यो मार्ग निर्माणले दिने सबभन्दा महत्वपूर्ण सुविधा भनेको नेपाललाई समुद्रसम्मको पहुँच हो । नेपाल र चीनबीच पारवहन सम्झौतामा हस्ताक्षर भइसकेको छ । यो सुरूङमार्ग सञ्चालनमा आएपछि उक्त सम्झौता कार्यान्वयन भएर नेपालको समुद्र सम्मको पहुँच विस्तार हुनेछ ।
त्यस्तै, रसुवागढी हुँदै काठमाडौं छिचोल्ने सुरुङ मार्ग निर्माणले नुवाकोट र रसुवामा व्यापार व्यवसाय तथा कलकारखाना स्थापना हुने ढोका खुल्नेछ । काठमाडौं केन्द्रित उद्योगहरू नुवाकोट वा रसुवामा विस्तार हुने सम्भावनाको ढोका पनि खुल्नेछ । उक्त मार्गमा पर्ने स्थानीयबासीलाई काम वा पढाइको लागि काठमाडौंमा डेरा लिएर बस्नुपर्ने बाध्यताको पनि अन्त्य गर्नेछ । त्यहाँको स्थानीय उत्पादनले काठमाडौंदेखि चीनसम्मको बजार पाउनेछ ।
दूरी घटेसँगै चीनबाट आयात हुने सामग्रीको मूल्य पनि घट्नेछ । भारत निर्भर एकाधिकार बजार पनि बाँडिने जानकारहरूको भनाइ छ ।
पूर्वाधारविज्ञ डा. सूर्यराज आचार्य सडकमार्ग नै मुलुकको अहिलेको प्रमुख आवश्यकता भएकाले यो सुरुङमार्गको ठूलो महत्व रहेको बताउँछन् । “यो सुरूङमार्ग मुलुककै ‘लाइफलाइन’को रूपमा हुनेछ,” उनी भन्छन्, “मुलुकको दीर्घकालीन फाइदाका लागि यो मार्ग अत्यन्तै महत्वपूर्ण छ।”
शुरूको निर्माण लागत केही बढी भए पनि दीर्घकालमा सुरुङ मार्ग सस्तो र समयको बचत हुन सक्ने भएकाले यसैमा जोड दिनुपर्ने उनको भनाइ छ ।