काठमाडाैं। इ–कमर्स कम्पनी सस्तोडिल डटकमले अत्यावश्यक बस्तुको डेलिभरी घरैमा दिने गरी सेवा शुरू गरेको छ।
उपभोक्ताले सस्तोडिल डट कमको वेबसाईटमा गएर आफुलाइ आवश्यक सामग्री अर्डर गरेपछि कम्पनीले काठमाडौं उपत्यका भित्र घरैमा डेलिभरी गर्ने कम्पनीका संस्थापक अमुन थापाले बताए। त्यसका लागि न्यूनतम एक हजार रुपैयाँ बराबरको सामग्री खरिद गरेको हुनुपर्ने उनले जानकारी दिए।
अनलाइन अर्डर गर्ने उपभोक्ताले अनलाइन बाटै पैसा तिर्न सक्छ्न। पैसा बाट समेत भाइरस सर्न सक्ने भएकोले नगदभन्दा अनलाइन भुक्तानीलाई नै प्रोत्साहन गरिएको थापाले बताए।
सस्तो डिलमा सामान किनेर सेल-पे बाट भुक्तानी गर्नेले सामान डेलिभरीको समयमा दस थान मास्क समेत निःशुल्क प्राप्त गर्ने उनले बताए।
एनएमबी बैंकको कार्डमार्फत भुक्तानी गर्दा पन्ध्र प्रतिशत र आइएमइ–पे मार्फत भुक्तानी गर्दा कोरोना नियन्त्रण तथा उपचार कोषमा दुई सय पचास रुपैयाँ सहयोग हुने थापाले बताए।
अनलाइन भुक्तानी गर्न असमर्थ ग्राहकको लागि डेलिभरीको बेला नगद तिर्ने सुबिधा पनि रहेको उनले बताए।
नेपाल सरकारले विद्युतको महशुलमा छुट दिएसँगै इन्डक्सन चुलो र राइसकुकरको माग बढेको उनले बताए।
सस्तोडिलका कर्मचारीले पीपीइ प्रयोग गरी काम गर्ने भएकाले संक्रमणको जोखिम पनि कम हुने थापाले बताए।
सस्तोडिल डटकम ट्राफिक प्रहरीलाई पनि मास्क र सेनिटाइजर सहयोग गरेको छ। एन–९५ मास्क २०० थान, सर्जिकल मास्क ५०० थान र १०० थान सेनिटाइजर ट्राफिक प्रहरी प्रमुख भीमप्रसाद ढकाललाई हस्तान्तरण गरिएको थापाले बताए।
" /> काठमाडाैं। इ–कमर्स कम्पनी सस्तोडिल डटकमले अत्यावश्यक बस्तुको डेलिभरी घरैमा दिने गरी सेवा शुरू गरेको छ।उपभोक्ताले सस्तोडिल डट कमको वेबसाईटमा गएर आफुलाइ आवश्यक सामग्री अर्डर गरेपछि कम्पनीले काठमाडौं उपत्यका भित्र घरैमा डेलिभरी गर्ने कम्पनीका संस्थापक अमुन थापाले बताए। त्यसका लागि न्यूनतम एक हजार रुपैयाँ बराबरको सामग्री खरिद गरेको हुनुपर्ने उनले जानकारी दिए।

">