९१८ मेगावाटका दुई जलाशययुक्त आयोजना चिनियाँ कम्पनीलाई
काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणकै सन्दर्भमा ९१८ मेगावाटका नेपालका दुई जलाशययुक्त आयोजना चिनियाँ कम्पनीले निर्माण गर्ने सम्झौता भएको छ।

पाँचथरमा पर्ने ७६२ मेगावाट क्षमताको तमोर र रोल्पामा पर्ने १५६ मेगावाटको माडी गरी दुई जलाशययुक्त आयोजना निर्माण गर्न २६ असोजमा सम्झौता भएको हो।

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, उर्जा सचिव दिनेशकुमार घिमिरे, लगानी बार्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी लगायतको उपस्थितिमा समझादारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेल र पावर चाइनाका उपाध्यक्ष पान देङ युले हस्ताक्षर गरेका छन्।

कुल एक खर्ब ६४ अर्ब रूपैंया लागत अनुमान गरिएको उक्त आयोजनामा नेपाली कम्पनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को २६ प्रतिशत सेयर हुनेछ।

त्यसैगरी चिनियाँ कम्पनी पावर चाइनाको ७४ प्रतिशत हिस्सा हुनेछ।

आजको नयाँ पत्रिकामा छापिएको समाचार अनुसार दुवै आयोजना सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडमा निर्माण गरिनेछ।

कुल लागतमध्ये तमोरमा करिब एक खर्ब २५ अर्ब रूपैंया लाग्नेछ। त्यस्तै माडीका लागि ३९ अर्ब रूपैंया लाग्ने अनुमान गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्