काठमाडौं। नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको चार वर्षे कार्यकाल आजदेखि सकिँदैं छ। उनको पुन:नियुक्तिबारे अहिलेसम्म सरकारले कुनै निर्णय गरेको छैन। त्यसका लागि जनदबाब सिर्जना गर्ने कार्यक्रम सुरू भएका छन्।
कलाकारहरूले हरेक राति ८ बजे ५ मिनेट बत्ती बन्द गरेर ऐक्यबद्धता जनाउन अपिल गरेका छन्।
कलाकार दीपकराज गिरीले सबैलाई कुलमानको पुन:नियुक्तिका लागि जनदबाब स्वरूप बत्ती निभाएर ऐक्यबद्धता प्रकट गर्न अनुरोध गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, "आदरणीय साथीहरू, कुलमानजीको पुन:नियुक्तिको लागि जन दबाबस्वरूप आजबाट हरेक साँझ आठ बजे ५ मिनेट बत्ती निभाएर ऐक्यबद्धता प्रकट गरौं।"
उनको उक्त कुरामा धेरैले समर्थन जनाएका छन्। चलचित्र निर्देशक प्रदीप भट्टराईलेसमेत उनको पक्षमा ऐक्यबद्धता जनाउन सबैमा आग्रह गरेका छन्। उनले लेखेका छन्, "नराम्रा चै पटक-पटक....राम्रा चै किन एक पटक?"
त्यसअघि उनले बत्ती ल्याउने मान्छेलाई फेरि ल्याइएन भने केही साझ बत्ती निभाएर जनआवाज नसुन्नेहरूको विरोध गर्न आग्रह गरेका थिए। उनीहरूको समर्थनमा थुप्रैले एेक्यबद्धता जनाएका छन्।
केही दिन अगाडि पनि कलाकारहरूले उनको पक्षमा आवाज उठाएका थिए। हरिवंश आचार्य, करिश्मा मानन्धर, वर्षा राउत, गायक प्रमोद खरेल, शिव परियारलगायतका कलाकारहरूले पनि उज्यालो नेपाल बनाउनेको सम्मान गर्नुपर्ने बताएका थिए। उनीहरूले प्राधिकरणमा बाँकी रहेका काम पूरा गर्न पनि कुलमान नै चाहिनेमा जोड दिएका थिए।