‘हेभी एक्सरसाइज’ गर्दै बलिउडकी सुस्मिता सेन
काठमाडौं। बलिउड सुन्दरी तथा पूर्वमिस युनिभर्स सुस्मिता सेनले ‘हेभी एक्सरसाइज’ गरेको भिडियो इन्स्टाग्राममा सार्वजनिक गरेपछि समाचारमा छाएकी छन्। डोरीको सहारामा उल्टो झुन्डिएको(जिम्नास्टिक) उनको तस्बिर सामाजिक सञ्जालमा निकै रुचाइएको छ।
भिडियो क्याप्सनमा उनले लेखेकी छिन्, ‘मेडिटेसन इन एक्सन। म यो भिडियामार्फत् आफ्ना भावना सेयर गरिरहेकी छु। म तपाईंहरुलाई एकदमै प्रेम गर्छु।’(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्