करिश्मा मानन्धर आइसोलेसनमा काठमाडौं। अभिनेत्री करिश्मा मानन्धर एकान्तबास (आइसोलेसन) बसेकी छन्। कलाकार मदनकृष्ण श्रेष्ठसहित उनको स–परिवार र अभिनेत्री केकी अधिकारी कोरोना पोजिटिभ भएपछि उनी एकान्तबासमा बसेकी हुन्। पछिल्लो समय करिश्मा मदनकृष्ण तथा केकीसँगै विभिन्न कार्यक्रममा एकसाथ थिइन्। करिश्माले कोरोनाबाट बच्नका लागि दिनहू दुई पटक बाफ लिन सबैमा आग्रह गरिन्। कोरोना संक्रमित भएपछि मदनकृष्णको स–परिवार र केकी होम क्वारेन्टिनमा बसेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्