माल्दिभ्स पुगेका कलाकारमाथि नवाजुद्दिनको आक्रोश– थोरै भए पनि लाज लाग्दैन काठमाडौं। बलिउड अभिनेता नवाजुद्दिन सिद्धिकीले बिदा मनाउन माल्दिभ्स पुगेका कलाकारलाई लाज मान्न भनेका छन्। मानिसहरूसँग खानेकुरा नभएको अवस्थामा केही कलाकार पैसा फ्याँकिरहेको उनले बताए। बिदा मनाउनु गलत नभए पनि यसलाई सार्वजनिक गर्नु गलत भएको भन्दै उनले थोरै भए पनि लाज मान्नुपर्ने बताए। केहीयता आलिया भट्ट, जाह्नवी कपुर, रणवीर कपुर, टाइगर श्राफ, सारा अली खानलगायतका थुप्रै सेलिब्रेटी माल्दिभ्स पुगेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्