कोरोना संक्रमितको उपचारका लागि अक्षय कुमारले गरे एक करोड सहयोग काठमाडौं। बलिउड अभिनेता अक्षय कुमारले कोरोना संक्रमितको उपचारका लागि एक करोड भारू रूपैयाँ आर्थिक सहयोग गरेका छन्। उनले गौतम गम्भीर फाउण्डेशनलाई एक करोड सहयोग गरेका हुन्। यसअघि कोरोनाको पहिलो लहरमा पनि ३० करोड सहयोग गरेका थिए। प्रधानमन्त्री फाउण्डेशनमा २५ करोड, मुम्बई महानगरलाई ३ करोड र मुम्बई प्रहरीलाई दुई करोड सहयोग गरेका थिए। अन्य समस्यामा परेकालाई पनि सहयोग गर्दै आएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्