गायक प्रेमध्वज प्रधानको निधन काठमाडौं। वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ। आज दिउँसो प्रधानको निधन भएको संगीतकार लक्षमण शेषले जानकारी दिए। छातीमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। ८२ वर्षीय प्रधानको बसुन्धारास्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो। सामान्य ज्वरो र छातीमा इन्फेक्सन देखिएपछि उनलाई कोरोनाको शंका गरिएको थियो। तर पीसीआर रिपोर्ट भने नेगेटिभ आएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्