अनुराग कश्यप नेपाली हिमशृङ्खलाबाट प्रभावित काठमाडौं। चौथो निफ फेस्टिभलमा भारतीय चलचित्र लेखक, निर्माता, अभिनेता र सम्पादक अनुराग कश्यपले आफ्नो अनुभव सुनाएका छन्। आफू पटकपटक नेपाल आएको र नेपालका हिमशृङ्खलाहरूबाट प्रभावित भई सुटिङ्गको योजनासमेत रहेको बताए। नेपालका दृश्य, कथा विश्वबजारले समेत उत्साहका साथ हेरिरहेको भन्दै उनले लण्डनमा डीभीडीबाट नेपाली चलचित्र हेरेको तथा कालोपोथी र सेतो सूर्य चलचित्र हेरेका बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्