अनुष्का र विराट कोरोना पीडितको लागि राहत जुटाउँदै, आफैंले दिए दुई करोड
एजेन्सी। बलिउड नायिका अनुष्का शर्मा र उनका क्रिकेटर पति विराट कोहलीले भारतमा कोरोना पीडितको लागि राहत जुटाउन सुरु गरेका छन्। उनीहरुले कोषको स्थापना गरी अन्यलाई पनि सहयोग गर्न आग्रह गरेका छन्। उनीहरुले कोषमा आफ्नो तर्फबाट दुई करोड भारतीय रुपैयाँ राखेका छन्। कोषमा जम्मा भएको रकमबाट भारतभर रहेका कोरोना पीडितहरुलाई सहयोग गरिने उनीहरुले सामाजिक सञ्जालमार्फत जनाएका हुन्।
प्रतिक्रिया दिनुहोस्