कोभिड सेन्टरलाई अमिताभले गरे २ करोड सहयोग काठमाडौं। बलिउड सुपरस्टार अमिताभ बच्चनले कोभिड केयर सेन्टरलाई दुई करोड सहयोग गरेका छन्। उनले दिल्लीको कोभिड केयर फेसिलिटी रकाबगञ्जलाई सहयोग गरेका हुन्। आजबाट सञ्चालनमा आउन लागेको यो सेन्टरमा अब ३०० बेड हुनेछन्। उनले कोरोना खोपबारे समेत जोड दिएका छन्। उनले जतिसक्दो चाडो खोपको व्यवस्था गर्नुपर्ने बताए। उनले कोरोना महामारीसँग लडिरहेको भारतलाई सहयोग गर्न समेत सबैसँग आग्रह गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्