अनुष्का-विराटले सहयोगको टार्गेट बढाए, अब ११ करोड उठाउने
काठमाडौं। बलिउड अभिनेत्री अनुष्का शर्मा र उनका श्रीमान् क्रिकेटर विराट कोहलीले आफ्नो सहयोगको दायरा बढाएका छन्। उनीहरूले कोरोना महामारीविरुद्ध लड्न सात करोड जुटाउने लक्ष्य लिएकोमा अब ११ करोड उठाउने लक्ष्य राखेका छन्। दम्पत्तिले आफैले दुई करोड राखेर सहयोग जुटाउने अभियान थालेका थिए। अहिलेसम्म सात करोड सहयोग जुटिसकेको र थप चार करोड उठाउने लक्ष्य राखिएको छ।
प्रतिक्रिया दिनुहोस्